गोरखा– आफ्नै श्रीमती २१ वर्षीया अनुष्का परियारको हत्या गरेको आरोपमा पालुङटार नगरपालिका-३ बोगटीगाउँ बस्ने शंकर सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । शंकरले कुटपिट गर्दा अनुष्का गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएकी अनुष्काको आँपपिपल अस्पताल हर्मीमा उपचारको क्रममा मृत्यु भएको हो । यस […]