ललितपुर, ग्वार्कोस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालले क्यान्सरका बिरामीहरूको जीवनको अन्तिम चरणलाई सहज बनाउन विशेष ‘प्यालियटिभ केयर युनिट’ सञ्चालनमा ल्याएको छ। यस सेवाको शुभारम्भ बिरामी तथा उनीहरूका आफन्तको उपस्थितिमा सोमबार एक कार्यक्रमबीच गरियो।