अमेरिका: विमानस्थलबाटै १०० जना धर्मगुरु पक्राउ, आप्रवासन नीतिको विरोधमा मिनेसोटा ठप्प

अमेरिकाको मिनेसोटामा आप्रवासनमा गरिएको कडाइको विरोधमा व्यवसायहरू बन्द गरिएका छन्। हजारौँ प्रदर्शनकारीहरू कठ्याङ्ग्रिने चिसोको पर्वाह नगरी सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन्। आयोजकहरूले स्थानीय बासिन्दालाई काम वा विद्यालय नजान र किनमेल नगर्न आह्वान गरेपछि यो आर्थिक विरोध प्रदर्शन सुरु भएको हो। प्रदर्शनकारीहरूले अमेरिकी आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय (आइस) को गतिविधिप्रति कडा असहमति जनाएका छन्। […]