याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो चरण हुँदैछ । तर आलोचकहरूका अनुसार यो चुनावले सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि कमजोर बनेको लोकतन्त्र पुनःस्थापना गर्ने छैन भने सैन्य शासनले निम्त्याएको गहिरो गृहयुद्धको समाधान पनि गर्ने छैन । चार वर्षअघि सेनाले आङ सान सुकी नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि सुरु भएको […]