काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध भएको छ । बुधबार फोहोर लिएर गएका गाडीहरू बन्चरेडाँडा जाने बाटोमै रोकिएका छन् । केही गाडी भने काठमाडौं फिर्ता आइरहेका छन् । सरकारसँग भएको सहमति पालना नभएको भन्दै स्थानीयवासीले फोहोर विसर्जनमा अवरोध गरेका हुन् । तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी