६ कात्तिक, काठमाडौं । सहारा क्लब पोखराको आयोजनामा हुने २६औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८३ माघ ५ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ।
क्लबले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति घोषणा गरेको हो। …
काठमाडौँ । चीनले शुक्रबार नयाँ रिमोट सेन्सिङ भू-उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन भू-उपग्रह प्रक्षेपण केन्द्रबाट उक्त उपग्रह अन्तरिक्षमा पठाइएको हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ‘याओगान-५० ०३’ नामक भू-उपग्रहलाई परिमार्जित ‘लङ मार्च-६’ वाहक रकेटमार्फत प्रक्षेपण गरिएको हो । प्रक्षेपणपछि उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेको छ । चिनियाँ […]
६ कात्तिक, रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढी प्रभावितलाई काठमाडौंस्थित होल्डिङ सेन्टरहरूबाटै नागरिकताको प्रतिलिपि वितरण गर्ने प्रक्रिया सुरु गरिएको छ ।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण …
६ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको क्यानबेरामा रहेका १२ वर्षीय फुटबल खेलाडी आरव भण्डारी मेलबर्न भिक्ट्रीको ए–लिग एकेडेमी टोलीमा अनुबन्ध हुने भएका छन्। लुस्टिका फुटबल एकेडेमीको क्यानबेरा टोलीबाट खेल्दै आएका भण्डारीलाई मेलबर्न भिक्ट्रीले छनोट गरेको हो।
अनलाइनखबरसँगको …
६ कात्तिक, काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक ११ गते (बुधबार) बाट मौसम प्रणाली सक्रिय हुने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
आज बिहानबाट पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्रमा …