औषधि ऐनलाई समयसापेक्ष र प्रवर्द्धनमुखी बनाउनुपर्छ, जसले उद्योगीहरूलाई हतोत्साहित होइन, प्रोत्साहित गरोस्। यदि यस्तो नीति अवलम्बन गरिएन भने, नेपालको उत्पादनशील क्षेत्र कमजोर हुँदै जाने र युवा पुस्ता विदेश पलायन हुने क्रम बढ्ने निश्चित छ। अबको बाटो नियन्त्रण होइन, सहजीकरण र प्रवर्द्धनको हुनुपर्छ।