काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल उद्धार गरेको छ। मंगलबार साँझ हावाहुरी र पानीको छालका कारण दुईवटा सर्फेस बोट पल्टिएको थियो। दुर्घटनामा परेका भारतका ४० वर्षका धीरज कोरवाल र ३५ वर्षका विकास कोरवाललाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा ल्याएको हो। उनीहरू नेपाल घुम्न पोखरा आएका थिए। फेवा वाच एण्ड रेस्क्यु टावरमा खटिएको […]
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि सर्टलिस्ट (अल्पसूची) मा परेकाहरूलाई अन्तर्वार्तामा बोलाएको छ। मंगलबार एक सूचना जारी गर्दै प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि समय तोकेको हो। त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम र लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिका उम्मेदवारहरूलाई असार १३ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा बोलाइएको छ। पूर्वाञ्चल, मध्यपश्चिम र कृषि तथा वन विज्ञान विश्वविद्यालय […]
काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ। सरकारले चालु आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरुमा १४ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेता पनि चालु आवको ११ महिनामा सबै शीर्षकमा सङ्कलन गर्ने लक्ष्यको ७३ दशमलव ०६ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको […]