इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार भइरहेको तेल ट्यांकरमा बुधबार आगलागी हुँदा १० जनाको मृत्यु हुनुको साथै अन्य २१ जना घाइते भएको जनाइएको छ । पीडितहरू बटुआजी क्षेत्रको पिटि एएसएल शिपयार्ड इन्डोनेसियामा ट्यांकरमा काम गर्ने टेक्निसियनहरू रहेको जनाइएको छ । आगलागी स्थानीय समय अनुसार बिहान ४ बजे सुरु भएको जनाइको छ […]