काठमाडौं– जगदीश घिमिरे प्रतिष्ठानले २०८१ र २०८२ सालको जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा गरेको छ । २०८१ सालको पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको पुरस्कार पवन आलोकलाई अर्पण गरिने प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले जानकारी दिए । ५१ हजार रुपैयाँ नगद राशिको उक्त पुरस्कार आगामी माघ महिनामा प्रदान गरिने उनको भनाइ छ । ।