प्रदेश सरकारले हात हालेपछि अलपत्र परेको १३ किलोमिटर सडक

४ साउन २०७९ मा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाले सुर्खेतको बड्डीचौरदेखि खम्बागाडेसम्मको १३.२ किलोमिटर सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका थिए। सडक स्तरोन्नति भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पर्ने भए पनि सोही क्षेत्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएकाले निर्माण कम्पनीले बुढालाई नै शिलान्यास गर्न बोलाएको थियो। निर्माण कम्पनी अनक-जयदेवी जोइन्ट भेन्चर र कर्णाली प्रदेशको पूर्वाधार विकास निर्देशनालयबीच […]