अर्थसंक्षेप : जेन-जी आन्दोलनबाट निजी क्षेत्रमा ३६ अर्बको क्षति, ५ अंकले घट्यो नेप्से, मुद्रास्फीति गत वर्षको भन्दा आधाले तल झर्‍यो र श्रीलङ्काको पर्यटन क्षेत्र सुदृढ बन्दै

जेन-जी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति अर्थमन्त्री रामेश्वर खनालले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति भएको प्रारम्भिक मूल्याङ्कन प्राप्त भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खनालले जेन-जी आन्दोलनका क्रममा ५५ जिल्लामा १ हजार ९ सय ५७ इकाइमा […]