तिहारमा चिल्लो-मिठो परिकारको स्वाद, तर स्वास्थ्य सावधानी आवश्यक

स्वास्थ्य विशेषज्ञहरूका अनुसार अत्यधिक तेलमा तारेका, घ्यू–बटर प्रयोग भएका वा बढी चिनी भएको परिकारले शरीरमा बोसो, सुगर र रक्तचाप बढाउने खतरा रहन्छ। विशेषगरी मधुमेह, मुटुरोग, उच्च रक्तचाप वा मृगौलासम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि यस्तो खाना अझ घातक बन्न सक्छ।