भारतको केरलमा फेरि ‘ब्रेन–इटिङ अमीबा’को प्रकोप : हालसम्म १८ जनाको मृत्यु दाबी
केरल राज्यमा फेरि एक पटक ‘ब्रेन इटिङ अमीबा’को संक्रमणबारे चर्चा शुरु भएको छ। विभिन्न भारतीय सञ्चार माध्यमका अनुसार सेप्टेम्बरको मध्यसम्म यस रोगका ६० भन्दा बढी घटना दर्ता भइसकेका छन् जसमा कम्तीमा १८ जनाको मृत्यु भइसकेको छ।