काठमाडौं– विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा. निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षाका निम्ति राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनीहरूको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको जनाएको छ । ‘निजहरूको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनशनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा […]