पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा. डा. सृजना श्रेष्ठ नियुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस १४ गतेको निर्णयअनुसार प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्रीले उपकुलपतिको सिफारिसमा डा. श्रेष्ठलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ अनुसार डा श्रेष्ठलाई नियुक्त गरेका हुन्। उनको कार्यकाल चार वर्षको रहनेछ ।