नेपाल राष्ट्र बैंकले सहकारी बैंकहरूमा कर्जा केन्द्रीकरण, रियलस्टेट जोखिम र बिनाधितो कर्जाको बढ्दो प्रवृत्ति नियन्त्रण गर्न कडा नियमन लागू गरेको छ । नयाँ निर्देशनअनुसार अब एउटै सदस्य वा आपसी सम्बन्ध भएका सदस्यहरूको समूहलाई सहकारी बैंकले आफ्नो कुल सम्पत्तिको १५ प्रतिशतभन्दा बढी ऋण दिन नपाउने व्यवस्था गरिएको छ । वैकल्पिक रूपमा अघिल्लो त्रैमासको कुल साधारण सेयरको […]