पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोसम्म सिधा उडान आजदेखि औपचारिक रूपमा सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी)सँगको सहकार्यमा भुटान एयरले पोखराबाट पहिलो उडान भरेको हो । असोज १२ देखि चारवटा चार्टर उडान हुने भनिए पनि विभिन्न कारणले स्थगित हुँदै आएको उडान आज पहिलोपटक सफलतापूर्वक सम्पन्न भएको हो । पोखरा महानगरका प्रमुख धनराज आचार्य […]