राजदूत फिर्ता गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं ।अन्तरिम सरकारद्वारा ११ देशका राजदूत फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गरेको निर्णय संविधानको समानताको हकविपरीत भएको दाबी गर्दै रिट दायर गरेका हुन् । रिटमा मन्त्रिपरिषद्ले एकैदिन सिफारिस भएका कतिपय राजदूतलाई फिर्ता बोलाएर केहीलाई यथावत् राख्नु विभेदपूर्ण र मनोमानीपूर्ण […]