युद्धले अपाङ्ग बनाएको जीवन सुई र धागोले सिउन खोज्दै मोतिलाल

पोखरी गाउँ माओवादी कार्यकर्ताको जमघट थलो बन्यो। कलिलै उमेरमा उनी विद्रोहमा होमिए। पार्टीले उनलाई ‘कमरेड अर्जुन’ नाम दियो। विद्रोहका नारा मार्मिक लाग्थे, सपना ठूला थिए।