बिमा समितिले गर्‍यो एकैपटक ११ बिमा कम्पनीहरुलाई कारबाही

काठमाडौँ- बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले एकै पटक ११ कम्पनीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ कम्पनीलाई समितिले कारबाही गरेको हो। समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आर्थिक वर्ष सकिएको १० महिनाभित्र बुझाउनु पर्ने लेखा परीक्षण प्रतिवेदन नबुझाएका कारण ११ कम्पनीलाई १० हजार रुपैयाँका दरले कारबाही गरिएको […]