काठमाडौँ, २० असोज । बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ज्ञापनपत्र बुझाएका छन् । सहकारी अभियानका तर्फबाट बुझाइएको ज्ञापनपत्र उनले आज बुझाएका हुन्। सहकारीले बचत फिर्ता गर्न नसकेपछि बाग्मती प्रदेश सरकारसँग बचत फिर्ता गरिदन माग गर्दै ज्ञापनपत्र बुझाइएको राष्ट्रिय सहकारी सुदृढीकरण समितिका सचिव मनोज गोपालीले बताए ।
काठमाडौँ । नेपाली काँग्रेसका नेता विनोद चौधरीले उपसभापति (समावेशीमा) पदमा उम्मेदवारी दिएका छन् । काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत मंगलबार उनले उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ । नयाँ कार्यसमिति चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ ।
काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । १४औं महाधिवेशनमा उनी सहमहामन्त्री थिए । यस पटक भने उनले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी डा. शेखर कोइराला निकट नेता मानिन्छन् । उनी केही समय अगाडि मात्रै कांग्रेसको संस्थापन पक्षमा जोडिएका थिए ।
काठमाडौं । नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार खस–आर्य समूहबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
काठमाडौँ, २० असोज । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा सुस्त भई तीन दशमलव सात प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढङ्गले पुनर्निर्माण’ (बिल्डिङ ब्याक […]