कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, थपिए १० हजार बढी संक्रमित

पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १८७ नमूना परीक्षणमध्ये ८२१२ पीसीआर र २०४२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।  हालसम्मको मृत्यु संख्या ११ हजार ६५१ छ ।  मन्त्रालयका अनुसार थप ७०८ जना संक्रमणमुक्त भएका छन् ।  यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख २० हजार २८३ पुगेको छ ।  हाल मुलुकभर ७२ हजार ८६२ सक्रिय संक्रमित छन् ।