विराटनगर : प्रदेश १ की मन्त्री निर्मला लिम्बूले प्रदेश १ को नाम पहिचानको आधारमा राखिनुपर्नेमा जोड दिएकी छिन्। प्रदेशसभा बैठकमा मंगलबार उनले यस्तो बताएकी हुन्।संविधान पूर्ण नभएको उल्लेख गर्दै उनले सच्याउनुपर्ने मागसमेत राखिन्। उनी जनता समाजवादीकी एक्ली सांसद हुन्।एमालेका सांसद रामकुमार मगरले प्रदेशको नामकरण पहिलो प्राथमिकता रहेको बताए। उनले पहिलो कार्यकालमा राजधानी तोकिए पनि संरक्षण निर्माणका कुराहरूलाई प्राथमिकता दिनसमेत जोड दिए।