पाँच वर्ष भन्दा पुराना मुद्दा फर्छ्यौट गर्न अभियान

चितवन । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाँच वर्ष भन्दा पुराना मुद्दालाई अभियान चलाएर छिटो फर्छ्यौट गर्न सर्वोच्च अदालत प्रतिबद्ध रहेको बताएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले सर्वोच्चमा १० वर्षभन्दा अघिका ४० वटा मात्र मुद्दा फर्छ्यौट हुन बाँकी रहेको जानकारी दिए । उनले पाँच वर्ष माथिका मुद्दाहरु छिटो फछ्र्यौट गर्ने प्रक्रियामा रहेको बताए । […]

सम्बन्धित सामग्री

काभ्रे अदालत : लक्ष्य पूरा, आठ सय ७६ वर्ष कैद असुल

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०७९÷८० मा मुद्दा फर्छ्यौटको लक्ष्य पूरा गरेको छ। बितेको आवमा दुई हजार तीन सय १३  मुद्दा फर्छ्यौटको लक्ष्य लिएकामा दुई हजार तीन सय १४ मुद्दा फर्छ्यौट गरेको अदालतले जनाएको छ।ती मुद्दा फर्छ्यौट एवं कार्यान्वयनका क्रममा आठ सय ७६ वर्षको कैद असुल गरिएको छ। उक्त आवमा असुल गर्नुपर्ने दुई हजार एक सय ७० वर्ष आठ महिना कैदमध्ये आठ सय ७६ वर्षको कैद असुल भएको हो भने एक हजार दुई सय ९४ वर्ष आठ महिना कैद असुल गर्न बाँकी रहेको अदालतका श्रेस्त

उच्च अदालत विराटनगरले गर्‍यो तीन हजार मुद्दा फर्छ्यौट

काठमाडौँ । उच्च अदालत विराटनगरले गएको एक वर्षमा तीन हजार २४ मुद्दा फर्छ्यौट गरेको छ । सो अवधिमा अदालतले ६४ दशमलव शून्य छ प्रतिशत प्रगति हासिल गरेको हो । गत वर्ष अदालतमा जिम्मेवारी सरेर एक हजार ५५३ र नयाँ तीन हजार ४४९ मुद्दा दर्ता भएका थिए । अदालतले वार्षिक तीन हजार ११४ मुद्दा फर्छ्यौट गर्ने […]

तनहुँमा एक वर्षमै ९३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

काठमाडौँ । तनहुँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष ०७८/७८ मा मात्रै अदालतमा सम्बन्ध विच्छेदका ९३७ मुद्दा दर्ता भएको हो । उक्त आर्थिक वर्षमा कुल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदको मात्रै रहेको अदालतले जनाएको छ । अदालतले सो वर्ष ६८६ सम्बन्ध विच्छेदका मुद्दा फर्छ्यौट गरेको अदालतका श्रेस्तेदार […]

उच्च अदालत सुर्खेतमा लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्यौट

३१ असार, सुर्खेत । उच्च अदालत सुर्खेतले वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा ९० प्रतिशत मुद्दा फर्छ्यौट गर्ने वार्षिक लक्ष्य राखेको अदालतले १७१ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो । उच्च अदालतले चालु आर्थिक वर्षको असार मसान्तसम्म ५६१ थान मुद्दा फर्छ्यौटको लक्ष्य राखेकोमा ७६९ मुद्दा फर्छ्यौट गरेको तथ्याङक सार्वजनिक […]

उच्च अदालत पाटनको हेटौंडा इजलासमा लक्ष्यभन्दा ८७.९६ प्रतिशत मुद्दा फर्छ्यौट

२ भदौ, बागमती । हेटौंडास्थित उच्च अदालत पाटनको हेटौंडा इजलासले गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यको ८७.९६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । उच्च अदालत इजलासको क्षेत्राधिकार चितवन र मकवानपुर जिल्ला रहेको छ । गत आर्थिक वर्षमा ९३९ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा इजलासले ८२६ मुद्दा फर्छ्यौट गर्न सफल रहेको अदालतका सूचना अधिकारी केशवराज कौशिकले […]

उच्च अदालत पाटन, हेटौंडा इजलासबाट वर्षमा ८२६ वटा मुद्दा फर्छ्यौट

उच्च अदालत पाटन, हेटौंडा इजलासले आर्थिक वर्ष २०७७/०७८ मा ८२६ वटा मुद्दा फर्छ्यौट गरेको छ । उच्च अदालत पाटन, हेटौंडा इजलासले आफ्नो कार्य सम्पादन प्रगतिको बारेमा दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७७/०७८ को लक्ष्यभन्दा १३ प्रतिशत कम प्रगति हासिल भएको हो ।इजलासले गत आर्थिक वर्षमा ८७.९६ प्रतिशत मुद्दा फर्छ्यौटको लक्ष्य लिएकोमा ५७.१६ प्रतिशतमात्र प्रगति हासिल भएको छ । इजलासले गत आर्थिक वर्षमा नयाँ दर्ता भएका र जिम्मेवारी सरेर आएकामध्ये ९३९ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको थियो ।गत आर्थिक व

उच्च अदालत पाटनको हेटौँडा इजलासबाट लक्ष्यको ८८ प्रतिशत मुद्दा फर्छ्यौट

हेटौँडा : उच्च अदालत पाटनको हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको ८७ दशमलव ९६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ। अदालतले गत वर्षमा ९ सय ३९ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा ८ सय २६ वटा मुद्दा फर्छ्यौट गर्न सकेको अदालतका सूचना अधिकारी केशवराज कौशिकले बताए। उच्च अदालत पाटन हेटौँडा…

जिल्ला अदालत स्याङ्जाद्वारा ५६१ मुद्दा फर्छ्यौट

साउन १४, स्याङ्जा । जिल्ला अदालत स्याङ्जाले गत आर्थिक वर्ष २०७७/०७८ मा ५६१ ओटा मुद्दा फर्छ्यौट गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ बाट जिम्मेवारी सरेर आएका ३८० मुद्दासहित गत आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका ५८७ नयाँ मुद्दासहित कुल ९४७ मुद्दाहरुमध्ये गत आवमा ५६१ मुद्दा फैसला भएको जिल्ला अदालत स्याङ्जाका न्यायाधिश बसन्तराज पौडेलले बताए । अदातलबाट ३८६ ओटा मुद्दा फैसला गर्न बाँकी रहेको छ । जिल्ला अदालत स्याङ्जामा दर्ता भएका मुद्दाहरुमध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका छन् भने त्यसपछि क्रमशः अंशवण्डा, ज्यानसम्बन्धी, चोरी डकैती, लेनदेन, ठगी, जबर्जस्ती करणी, जालसाजी, बन, सवारी ज्यान मुद्दा, बहुबिबाह लगायतका मुद्दाहरु दर्ता भएका उनले बताए । अदालतमा दुई वर्ष नाघेका २१ मुद्दा छन् भने १८ महीनादेखि दुई वर्षसम्मका एउटा मुद्दा मात्रै रहेको छ । एक वर्षदेखि १८ महीनासम्मका १४२ मुद्दा, ६ महीनादेखि १ वर्षसम्मका १३१ मुद्दाहरु फैसला गर्न बाँकी रहेका उनले बताए । विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोभिड १९ का कारण पनि अदालतबाट मुद्दा फर्छ्यौटमा तीव्रता दिई कार्य भएको अदालतले जानकारी दिएको छ । अब फर्छ्यौट हुन बाँकी रहेको ३८६ मुद्दाहरुमध्ये दुनियावादी देवानी २०७, सरकारवादी फौजदारी १२८, दुनियावादी फौजदारी ४९ र पुनरावेदन २ ओटा रहेका स्रेस्तेदार विश्वप्रसाद रेग्मीले बताए । जिल्ला अदालत स्याङ्जाबाट गत आर्थिक वर्ष २०७६/०७७ मा अभियुक्तहरुबाट ४९२ वर्ष १ महीना कैद भुक्तानी भएको छ । अभियुक्तहरुबाट रू. ३८ लाख ७७ हजार ३३८ जरिवाना फर्छ्यौट भएको स्रेस्तेदार रेग्मीले बताए ।

उच्च अदालतबाट लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

उच्च अदालत पाटन, हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत पाटन, हेटौँडा इजलासको गत आवको लक्ष्यकाआधारमा १११.७५ प्रतिशत मुद्दा फर्छ्यौट भएको जनाएको छ ।