च्याम्पियन्स लिगको सेमिफाइनल आजबाट सुरु

काडमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलका खेलहरु आज (मंगलबार) बाट सुरु हुने भएका छन । यसपटक सेमिफाइनलमा दुई इंग्लीश क्लबहरूले दुई स्पेनिस क्लबसँग प्रतिस्पर्धा गर्दैछन् । मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा म्यान्चेस्टर सिटीको भिडन्त रियाल मड्रिडसँग हुनेछ । दुवै टोली आ–आफ्नो देशको लिगको साविक विजेता हुन् भने जारी सिजनमा पनि लिग लिडर हुन् । […]