धादिङ। धादिङको थाक्रे गाउँपालिका ७ स्थित पृथ्वी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। काठमाडौँबाट धादिङको महादेववेशीतर्फ जाँदै गरेको बा.७०प १६५१ नम्बरको मोटरसाइकल र गजुरीबाट काठमाडौँतर्फ आउँदै गरेको बा.९७प २८५२ नम्बरको मोटरसाइकल सोमबार साँझ साढे ६ बजेतिर आपसमा ठोक्किएका हुन्। दुर्घटनापछि बा.७०प १६५१ नम्बरको मोटरसाइकल ना.६ख ३०१३ […]