काठमाण्डाै – देशभरका ७४ जिल्लामा निषेधाज्ञा लागू भएको छ । गृह मन्त्रालयका अनुसार मनाङ, खोटाङ र तेह्रथुमबाहेक अरु जिल्लामा निषेधाज्ञा छ ।
७० जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा छ । मुस्ताङ, सप्तरी, धनकुटा र ताप्लेजुङमा आंशिक तथा अरु जिल्लामा पूर्ण निषेधाज्ञा लागू भएको हो । काभ्रेमा दोस्रोपटक म्याद थप गरी निषेधाज्ञा लम्बिएको छ । गएराति १२ बजेदेखि आउँदो जेठ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।
यसअघि दुई राजमार्ग र मुख्य सडक खण्डको दायाँ बाँया र बजार क्षेत्रम...