सरिता गिरीले भनिन् : प्रदीप गिरिको अन्तिम इच्छा अनुसार सद्‍भावना पार्टीबाट अलग्गिएँ

८ भदौ, काठमाडौं । सरिता गिरीले नेपाल सद्‍भावना पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । स्वर्गीय प्रदीप गिरिको अन्तिम इच्छा अनुसार आफू सदभावना पार्टीबाट स्वतन्त्र भएको बताएकी छिन् । ‘म दिवंगत माननीय प्रदीप जीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका लागि वहाँको अन्तिम इच्छा अनुसार आफू नेपाल सद्भावना पार्टी बाट स्वतन्त्र भएको घोषणा गर्दछु,’ […]