साझा उम्मेदवार बनाउन माग गर्दै प्रतिनिधीहरुद्वारा पौडेलपक्षको बैठकस्थल बाहिर नाराबाजी

काठमाडौं, २४ मंसिर : साझा उम्मेदवार तय गर्न दबाब दिँदै इतर पक्षको बैठक भइरहेको अनुपम फुड ल्याण्डमा कार्यकर्ताले नाराबाजी गरेका छन् ।शुक्रबार महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै कांग्रेसको संस्थापन इतरपक्ष यतिबेला वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ। बैठक जारी रहे पनि नेताहरुबीच सहमति हुन नसकेको भन्दै इतर पक्षका महाधिवेशन प्रतिनिधिहरुले साझा उम्मेदवारका लागि दबाब दिँदै नाराबाजी गरेका […]

सम्बन्धित सामग्री

पौडेल पक्षको बैठकस्थलबाहिर कार्यकर्ताको नाराबाजी

नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन कार्यक्रम सुरु हुँदै गर्दा रामचन्द्र पौडेल पक्ष सभापतिको साझा उम्मेदवार तय गर्न छलफलमा व्यस्त छ । शनिबार राति अबेरसम्म पौडेल पक्षको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ । यसैबीच फुडल्याण्डअघि कार्यकर्ताहरूले सहमतिको दवाव दिँदै नाराबाजी गरिरहेका छन् । उनीहरुले सहमतिमा सभापति र पदाधिकारीको उम्मेदवार तय गर्न दवाव दिँदै नाराबाजी गरिरहेका हुन्।