सर्वोच्च अदालतका न्यायाधीशहरूले मंगलबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको इजलास बहिष्कार गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर, ती कुनै पनि इजलासमा मुद्दाको सुनुवाइ भएको छैन । यसअघि सोमबार पनि सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गरेका थिए । जसका कारण १० वटा मुद्दा प्रभावित भएको थियो ।
न्यायालयको साख जोगाउन प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने धारणा राख्दै आएका सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गरेका हुन् । नेपाल समाचारपत्रम...