काठमाडौं : ललिता निवास जग्गा हिनामिना प्रकरणमा बहालवाला सचिव पक्राउ परेका छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई आज (आइतबार) पक्राउ गरेको हो।यसअघि समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई सिआइबीले आजै काठमाडौंबाट नियन्त्रणमा लिएको थियो। राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस प्रकरणमा मुछिएका