कान्तिपुरकर्मी राई र सिंहलाई 'रोटरी जर्नो अवार्ड'

कान्तिपुरकर्मीद्वय वसन्तप्रताप सिंह र विद्या राई यसवर्षको ‘रोटरी जर्नो अवार्ड’बाट पुरस्कृत भएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भूटानले बझाङ संवाददाता सिंहलाई मातृ तथा बाल स्वास्थ्य विधामा र काठमाडौं संवाददाता राईलाई आधारभुत शिक्षा तथा साक्षरता विधामा जनही ५१ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो ।