ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण लाल महर्जनको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधि मण्डलद्वारा ६ दिन थाइल्याण्ड भ्रमण गरी फर्कियो । दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्ने अभिप्रायका साथ ललितपुर उद्योग वाणिज्य संघका अध्यक्षको नेतृत्वमा संघका पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू र सचिवालयका कर्मचारीहरू समेतको टोलीले थाइल्याण्ड भ्रमण गरिएको थियो ।