बैतडी र बझाङका फस्फोरस खानी उत्खनन गरिने

बैतडी : बैतडी र बझाङमा रहेका फस्फोरस खानीको उत्खनन गरिने भएको छ। आइतबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले बैतडी र बझाङमा फस्फोरस खानीको उत्खनन गरिने बताएका हुन्।फस्फोरस उत्खननका लागि सम्भाव्यता अध्ययन गरेर फस्फोरस मल उत्पादनमा जोड दिइने जनाएको छ।बैतडीको पुर्चौडी नगरपालिका–६, साउनगाउँ र दोगडाकेदार गाउँपालिको सिल्लेगाडा, ढीकगाड लगायतका ठाउँमा फस्फोराइट खानी भेटिएको थियो। भूगर्भ विभागमार्फत यसअघि गरिएको अध्ययन अनुसार यी ठाउँमा फस्फोरस खानी छ।पछिल्लो समय रासायनिक मलको माग बढी रह