काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । हाल उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार, आज दिँउसो देशका हिमाली र पहाडी […]
भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा पुनः भारी वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम सूचना जारी गर्दै असोज ७ गते बिहानसम्म यी जिल्लाका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाएको छ। विभागको विशेष मौसम सूचना अनलाइनमा प्रकाशित छ। महाशाखाले रसुवा, नुवाकोट, धादिङ र गोरखालाई पहेँलो संकेतमा […]
काठमाडौँ। काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर वैशाख १ गतेबाट सुरु परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तहहरू साझा कार्यक्रममा आबद्ध भएका हुन् । रातको […]
खोटाङ । चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलगायतका स्थानमा नियमित अनुगमन गरिएको छ । दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गरेर दिक्तेल बजारको अल्छेढुङ्गा–रत्नपार्क, रत्नपार्क–पुरानो बेसक्याम्प, पुरानो बेसक्याम्प–त्रिवेणी चोक, त्रिवेणी चोक–हाटडाँडा र हाटडाँडा–अस्पतालचोसम्मका ६६ वटा होलसेल तथा किराना पसल अनुगमन गरिएको हो । संयुक्त अनुगमन टोलीले दिक्तेल बजारका होलसेल तथा किराना […]