महेन्द्र शाहीको चुनावी प्रतिबद्धता : एक वर्षभित्रै सुनथराली विमानस्थल सञ्चालनदेखि केबलकार निर्माणसम्म

कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगामी मंसिर ४ गने हुने स्थानीय तहको निर्वाचनका लागि आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । कालिकोटको विकासका लागि पाँचवर्षे मार्गचित्र भनेर प्रतिबद्धताहरू सार्वजनिक गरेका हुन् ।कालिकोटबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शाहीले निर्वाचित भएको पहिलो वर्षमै सुनथराली विमानस्थल सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाएका छन् । उक्त विमानस्थलमा यसअघि ०७३ सालमै परीक्षण उडान गरिसकिएको छ । तर अहिलेसम्म सञ्चालनमा आउन सकिरहेको छैन । पूर्व मुख्यमन्त्री श