एजेन्सी – अष्ट्रियामाथि सहज जित निकाल्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मनीले अष्ट्रियालाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । इंग्ल्यान्डको ब्रेन्टफर्ड कम्युनिटी स्टेडियम ब्रेन्टफर्ड मिडलसेक्समा बिहीबार राति भएको खेलमा जर्मनीको सहज जितमा लिना मागुल र एलेसान्द्रा पोपले गोल गरिन् । खेलको २५औं मिनेटमा लिना मागुलले गोल […]