फलेवास र जलजलाको बजेट सार्वजनिक

असार ९, पर्वत । पर्वतको फलेवास नगरपालिका र जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि बजेट सार्वजनिक गरेका छन् ।  फलेवास नगरपालिकाले ८५ करोड ३० लाख ४० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । फलेवासनमा चालूतर्फ रू.. ३० करोड ६८ लाख, पूँजीगततर्फ ३९ करोड ३२ लाख र समाजिक सुरक्षातर्फ १५ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरप्रमुख पदमपाणि शर्माले बताए ।  नगरपालिकाको बजेट नीति तथा कार्यक्रममा कोभिड १९ प्रकोप व्यवस्थापन, विपन्नको आयआर्जन र स्वरोजगार, कृषि, पर्यटन, पूर्वाधार विकास, ऊर्जाको विकासमा जोड दिइएको छ । नगरपालिकाको बजेटमा विगत वर्षहरुमा शुरु गरेका र कल्पना गरिएका विकासका आयोजनाहरु सम्पन्न गर्न जोड दिईएको छ ।  जलजला गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ४५ करोड १५ लाख ५० हजार रुपैयाँ रहेको छ । कुल बजेटमध्ये चालूतर्फ आठ करोड र पूँजीगततर्फ पन्ध्र करोड तेइसलाख पचास हजार रुपैयाँ र संघिय सरकारवाट प्राप्त शसर्त अनुदान रू. एक्काईस करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।   जलजलाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई विशेष जोड दिएको छ भने बजेटको ठूलो हिस्सा पूर्वाधार र कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनलाई प्राथमिकता दिईएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिए ।  

सम्बन्धित सामग्री

फलेवास र जलजलाको बजेट सार्वजनिक

पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ८५ करोड ३० लाख ४० हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।फलेवास नगरपालिकाले बुधबार नीति तथा कार्यक्रम र बजेट एकैदिनमा सार्वजनिक गरेको हो । नगरसभामा नीति तथा कार्यक्रम पास गरेर बुधबार नै बजेट सार्वजनिक गरिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए । फलेवासनमा चालूतर्फ ३० करोड ६८ […]