मन्त्रीहरू भोट माग्न गए, कर्मचारीले घाम तापेर दिन बिताए (तस्वीरहरू)

काठमाडौं : सधैँ भिड रहने सिंहदरबार  पछिल्लो समय प्राय: सुनसान रहेको छ। मंसिर ४ गते हुने आसन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि मन्त्रीहरू देश दौडाहमा रहेकाले उनीहरू मातहतका मन्त्रालय पनि सुनसान छन्।बिहीबार सिंहदरबारका विभिन्न मन्त्रालयमा कर्मचारीहरू घाम तापेर बसिरहेका थिए। मन्त्रीहरूको कार्यकक्षमा 'बाहिर' भन्ने बोर्ड टाँसिएका थिए। जसले गर्दा मन्त्रालयका कामहरू प्रभावित बनेका छन्।शहरी मन्त्रालय, भौतिक योजना तथा निर्माण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालयलगायत अधिकांश

सम्बन्धित सामग्री

आचारसंहिता विपरित कुलमान घिसिङ माओवादीलाई भोट माग्दै !

नेकपा माओवादी केन्द्रले निर्वाचन आचारसंहिता विपरित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेर निर्वाचनको प्रचार थालेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले नै बुधबार बिहान ८ बजेर २६ मिनेटमा आफ्नो फेरिफाईड फेसबुक पेजमा कुलमान सहितको फोटो राखेर माओवादी केन्द्रलाई भोट दिन अपिल गरेका छन्।फोटोमा अध्यक्ष प्रचण्ड, मन्त्री जनार्दन शर्मा, र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो छ । अध्यारोबाट उज्यालोको यात्रा भन्दै फोटोमा माओवादी केन्द्रलाई भोट गर्न आग्रह गरिएको छ । तर यो निर्वाचन आचारसंहिता विपरित छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहितामा संवैधानिक निकाय तथा सोका पदाधिकारी, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने उल्लेख छ। विद्युत प्राधिकरण पनि सरकारी निकाय हो र कुलमान पनि त्यस निकायको कर्मचारी हुन् । तसर्थ कुनै पार्टीको लागि भोट माग्न कुलमान संलग्न हुन पाउदैनन् । सोहि कारण कुलमान सहितको फोटो राखेर प्रचार गर्नु आचारसंहिता विपरित हुन जान्छ । केहि दिन अघि मात्र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लघन गरेको भन्दै माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीलाई स्पष्टीकरण सोधेको थियो ।

चुनावमा एनजीओले पनि उम्मेदवारलाई भोट माग्न नपाउने

३ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जारी गरेको आचारसंहितामा गैरसरकारी वा निजी संस्थाका कर्मचारी र पदाधिकारीलाई पनि कडाइ गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ अनुसार गैरसरकारी तथा निजी संस्था तथा त्यस्तो संस्थासँग सम्बद्ध पदाधिकारी तथा कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन […]