झापा- सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ । ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियान अन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिहरुले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तर्क्रिया गर्नेछन् । बुधबार मेचीनगर-७ सतिघट्टास्थित ९१-१ नम्बरको सीमा स्तम्भबाट सुरु भएको यात्रामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, मेचीनगर नगरपालिकाका प्रमुख […]