प्रदेश सांसद मल्ल भन्छिन् : गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ

धनगढी : गाँजा खेतीको वैधानिकताका लागि सुदूरपश्चिम प्रदेशसभामा आवाज उठेको छ।सुदूरपश्चिम प्रदेश सभाकी सांसद देवकी मल्लले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी छन्। प्रदेशसभा बैठकमा माओवादी केन्द्रकी सांसद मल्लले सुदूरपश्चिममा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी हुन्। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफमा सांसद मल्लले भनिन्, ‘आयस्रोत, जीवन निर्वाहका लागि गाँजा खेती जरुरी छ। सुदूरपश्चिममा सबैजसो ठाउँमा फाट्टफुट्ट गाँजा खेती गर्ने चलन छ। खासगरी बझाङ र बाजुरामा