सीके राउत नेतृत्वको जनमत पार्टीले भैरहवामा गर्‍यो प्रदर्शन

विभिन्न ११ सूत्रीय माग राख्दै सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रवार रूपन्देहीले भैरहवामा प्रदर्शन गरेको छ । प्रदर्शनकारीले किसान माथिको दमन बन्द गर, किसान र आन्दोलनकारीमाथि लगाइएका झूटा मुद्दा फिर्ता गर, समयमा मलखाद र बीउबिजनको व्यवस्था गर, सिँचाइको व्यवस्था गर भन्दै सरकारविरूद्ध नाराबाजी गरेका छन् । पार्टीका केन्द्रीय सचिव भुपेन्द्र यादवले सरकारले किसानको माग नसुनेको बताए । किसानका सानाभन्दा साना मागहरू पनि सरकारले सम्बोधन गर्न नचाहेको उनले बताए ।  आफ्नै देशमा खेती गर्नका लागि पनि सरकारसँग मलबीउ माग्दै आन्...