जसपामा विवाद : बैठक बोलाउन अध्यक्ष यादवमाथि दबाब

जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि बैठक बोलाउन दबाब बढेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र सोही पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच विवाद रहेकै बेला बैठक बोलाउन दबाब बढेको हो । कार्यकारिणी सदस्य इस्तियाक राईले बैठक बोलाउन ढिलाइ भएपनि के कारणले बस्न नसकेको हो थाहा पाउन नसकेको प्रतिक्रिया दिए । उनले भने, ‘कार्यकारिणी समिति बैठक बसेको चार पाँच महिना भइसक्यो, अर्को बैठक बसिहाल्नुपर्ने थियो, ढिलो भइरहेको छ, केन्द्रीय समितिको बैठ

सम्बन्धित सामग्री

कहाँ पुग्यो बाबुराम भट्टराईको हस्ताक्षर अभियान ?

जनता समाजवादी पार्टी नेपालमा आफ्नो बहुमत सिद्ध गर्न सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले हस्ताक्षर अभियानलाई फेरि ब्युँताएका छन् । स्थानीय तहको चुनावअघि पनि उनले पार्टीभित्र हस्ताक्षर अभियान चलाएका थिए । त्यतिबेला उनले पार्टीको बैठक बोलाउनका लागि दबाबस्वरुप हस्ताक्षर सङ्कलन गरेको प्रतिक्रिया दिएका थिए ।जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको बैठक नबोलाएका कारण आफूहरूले हस्ताक्षर अभियानमार्फत बैठक बोलाउन दबाब दिन लागेको उनको भनाइ थियो । पार्टीमा देखिएको विवाद चुनावसम्म थाँती