भीमबहादुर परियार

दलित समुदायले बाँचुन्जेल भोग्ने विभेदको चाङ थाहा नहुने कमै होलान् । दलन भोग्न बाध्य दलितहरू मृत्युपछि पनि जातीय विभेद भोग्छन् भन्ने चाहिँ धेरैलाई पत्तो नहुन सक्छ । मृत्युपछि दलितहरूको शवमाथि जातकै आधारमा राजनीति र विभेद भइआएको छ ।