कांग्रेस महाधिवेशनमा हिन्दु राज्य

हिन्दु राज्यको माग दिनानुदिन उर्लिएको समानान्तररूपमा हिन्दुत्वलाई बदनाम र प्रहार गर्ने षड्यन्त्रको शृंखला पनि भित्रभित्रै चलिरहेको छ। २०७५ मंसिर–पुसमा सम्पन्न नेपाली कांग्रेसको बाह्रौँ महासमिति बैठकका १५ सयमध्ये करिब आठ सय संख्यामा अधिकांश सहभागीले हिन्दु...

सम्बन्धित सामग्री

अमेरिकालाई राप्रपाको जवाफ- हिन्दु राज्यका लागि बाह्य आर्थिक सहयोग लिँदैनौँ

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकाले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ मा असहमति जनाएको छ। अमेरिक‍ी प्रतिवेदनमा ‘हिन्दु राज्य’ को पक्षमा अभिव्यक्ति दिनका लागि भारतको सत्तारूढ राजनीतिक दल भारतीय जनता पार्टी र भारतका अन्य हिन्दु समूहले नेपालका नेतालाई रकम दिने गरेको दाबी गरेछि राप्रपाले असहमति जनाएको हो। राप्रपाले सो प्रतिवेदन प्रति […]

ओलीको निर्देशन : हिन्दु राज्य भन्दै नहिंड्नू

३० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्यहरुलाई हिन्दु राज्यको पक्षमा धारणा नराख्न निर्देशन दिएका छन् । शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले नेताहरुलाई पार्टीको दर्शन र विचार सम्झन आग्रह गरे । ‘दुई चार जनाले हिन्दु राज्य भन्छन्, उनीहरुकै कुरा मानेर हिंड्ने होइन । पार्टीको दर्शन र सिद्धान्ततिर ध्यान […]

नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने विश्व भूमि शिवशक्ति नेपालको माग

काठमाडौं, २८ चैत्र । विश्व भूमि शिवशक्ति सनातन अभियान नेपाललले नेपाललाई हिन्दु राज्य घोषणा गर्न माग गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालका पत्रकार सम्मेलन गरी अभियानले नेपाललाई सनातन हिन्दु राज्य घोषणाको माग गरेको हो । अभियानका अभियानता होमबहादुर कार्कीले नेपाल परापूर्वकाल देखिनै सनातन हिन्दू राज्य रहेको र त्यसको विकल्प पनि नरहेको बताए ।आफूले […]

विश्व हिन्दु महासंघ स्याङ्जाको अध्यक्षमा पाण्डे

स्याङ्जा । विश्व हिन्दु महासंघ स्याङ्जाको दोस्रो अधिवेसन सम्पन्न भएको छ । दोस्रो अधिवेसनले विश्व हिन्दु महासंघ स्याङ्जा शाखाको अध्यक्षमा पुन: हरीहर पाण्डे अध्यक्षमा सर्वसहमतिले निर्वाचित भएका छन् । पहिलो कार्यकाल निकै कार्य कुशलताका साथ भुमिका निर्वाह गरेका पाण्डेलाई दोस्रो अधिवेसनले पुन सर्वसहमतिमा अध्यक्षमा निर्वाचित गरेको हो । मुलुकमा नयाँ संविधान जारी भएसगै धर्मनिरपेक्षता राज्य […] The post विश्व हिन्दु महासंघ स्याङ्जाको अध्यक्षमा पाण्डे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हिन्दु धर्मबारे सदनमा अनावश्यक विवाद

काठमाडौं । संविधानले नेपाल धर्मनिरपेक्ष राज्य हुने भनेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने हिन्दु राज्यको पक्षमा वकालत गर्दै आएको छ । राप्रपाका नेता, सांसद, मन्त्रीले हिन्दु धर्म र हिन्दु राज्यबारे आफ्ना मत जाहेर गर्ने गरेका छन् । यसै विषयलाई लिएर सदनमा सत्तारूढ दलहरूबीच विवाद सिर्जना भएको छ । सरकारमा सहभागी दुई प्रमुख दल […]

संवैधानिक राजसंस्थासहितको हिन्दु राज्यको माग

काठमाडौं : राष्ट्रवादी प्रजातान्त्रिक आन्दोलनले देशमा संवैधानिक राजासहितको हिन्दु राज्य कायम गर्न माग गरेको छ।संवैधानिक राजसंस्था, प्रजातन्त्र र सनातन हिन्दु अधिराज्य नै नेपाल सुहाउँदो नेपालका लागि उपयुक्त राजनीतिक व्यवस्था भएको भन्दै आन्दोलनले (शुक्रबार) पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो। आन्दोलनले एकताका प्रतीक राजसंस्था, सेना र नागरिक नै अबको वैकल्पिक शक्ति भएको बताउँदै राजनीतिक अपराधीकरण तथा राज्य संयन्त्रमा अनावश्यक राजनीतिकरणले मुलुक आक्रान्त बनेको

हिन्दु राज्य र राजतन्त्र पुन:स्थापनाकाे माग गर्दै काठमाडाैँमा प्रदर्शन

काठमाडाैँ – हिन्दु राष्ट्र कायम गरि राजतन्त्र पुनःस्थापनाकाे माग राख्दै काठमाडाैँमा प्रदर्शन भएकाे छ। राष्ट्रिय शक्ति नेपालकाे आयाेजनामा महेन्द्रशालिक दरबारमार्ग अगाडिबाट प्रदर्शन सुरु भएकाे हाे। उक्त प्रर्दशनमा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्टसहित प्रवक्ता अनिल याेगी,  नेपाली कांग्रेसका नेता बिपिन काेइरालासहित सहभागी थिए। बाजागाजासहित सुरु भएकाे र्‍याली महेन्द्र शालिक हुँदै घण्टाघर,रत्नपार्क,भाेटाहिटी,असन, ईन्द्रचाेक हुँदै बसन्तपुर […]

पशुपतिमा पुजा गर्ने ओलीले हिन्दु राज्य बनाउन खोज्दैछन्ः अध्यक्ष केसी (फोटो फिचर)

बसन्त खड्का, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउनतर्फ उद्दत रहेको बताउनुभएको छ । राजमो अर्घाखाँचीको ले शुक्रबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले ओली भारतपरस्त भएको आरोप पनि लगाउनु भयो । उहाँले भौतिकवादी कम्युनिस्ट पार्टीको अध्यक्ष पशुपतिमा पुजा अर्चना गर्नु तेसैको ताजा उदाहरण भएको तर्क गर्नुभयो । संघीयताको विरोध गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका केसीले अन्य पार्टीहरुलाई संघीयता आजका दिनमा न्याउरी मारी पछुतो भएको बताउनुभयो । जनतालाई करको भारी मात्रै बोकाउन संघीयता थोपरिएको भन्दै उहाँले यो व्यवस्था देशको हितमा हुनै नसक्ने बताउनु भयो । उहाँले एमसीसी परियोजना नेपाल र नेपालीको हितमा नभएको भन्दै चीनलाई घेरामा पार्ने उद्देश्यले एमसीसी परियोजन ल्याउन बल गरिएको बताउनुभयो । देशमा कलकारखाना उद्योग धन्दा नभएको, गर्नुपर्ने काम नगरेर गलत बाटो हिँडेकोले समस्या मात्रै थोपरिएको नेता केसीले उल्लेख गर्नुभयो । जनता एकजुट भएर संघीयता फाल्न र धर्म निरपेक्षता र गणतन्त्र जोगाउन उठ्न अपिल समेत गर्नुभयो । चुनावको नाममा देशमा अस्थिरता खडा गरेको भन्दै अध्यक्ष केसीले देशमा बिरामीले औषधी नपाउने, बालबालिकाले पुस्तक नपाउने बरु त्यो खर्च त्यता लगाए केही राहत हुने बताउनु भयो । देशमा बाह्य शक्तिको चलखेल बढी भएकोले अब गणतन्त्र पनि खतरामा रहेको भन्दै अध्यक्ष केसीले अब सबै एकजुट भएर लागि पर्नुपर्ने आवस्यकता रहेको बताउनु भयो । जनताले सधैँ एेक्यबद्द भएर देशमा ठूला ठूला परिवर्तन भएकोले जनतानै सबैभन्दा शक्तिशाली रहेको कुरामा दुबिधामा नपर्न अनुरोध गर्नुभयो । यस्तै, राजमो केन्द्रीय सदस्य मनोज भट्टले शेरबहादुर देउवा पनि ज्योतिषिको भ्रममा परेर प्रधानमन्त्रीको लोभ त्याग्न नसकेको बताउनु भयो । उहाँले पहिलेका दिनमा पनि प्रधानमन्त्री पदको लागि शेरबहादुर देउवाले जस्ता पनि निकृस्ट काम गर्ने गरेको उदाहरण दिँदै अब देउवा र नेपाली कांग्रेस पनि समयमै सच्चिएर संयुक्त आन्दोलनमा आग्रह गर्नुभयो।केपी ओली अब नांगिसकेको भन्दै भट्टले नांगो नाच धेरै दिन नटिक्ने उल्लेख गर्नुभयो । राजमो पूर्व केन्द्रीय सदस्य झबिलाल थापा, सागर केसी,शेरबहादुर बिसी, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य तथा जिल्ला सचिव कल्पना पोख्रेल लगायतका ...