काठमाडौं : बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत आइपुगेका छन्। उनी बिहीबार बिहान गुजरात विमानस्थल ओर्लिएका हुन्। जोन्सनलाई गुजरातका मुख्यमन्त्री भुपेन्छ पटेलले विमानस्थलमा स्वागत गरेका थिए। हालै युक्रेनको भ्रमण गरेका जोन्सनले युक्रेन युद्धमा रुसको आलोचना नगरेको भारतलाई दबाब दिने ठानिएको छ। तर, युक्रेनमाथि भएको रुसी आक्रमणको विरोधका लागि संयुक्त राष्ट्रसंघमा दर्ता गरिएका प्रस्तावमा मतदान नगरेको भारतका बारेमा कुनै मुद्दा नउठाउने पीटीआईले जनाएको छ।जाेन्सनको भा