कर्णालीबाट हौसिएका माओवादीलाई लुम्बिनीमा ठेस!

काठमाडौँ। जनता समाजवादी पार्टीसहितको समर्थनमा माओवादी र कांग्रेसले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए। प्रस्ताव दर्ता भएको केही घण्टापछि नै जसपाको सांसद मन्त्री बन्न तयार भएपछि सरकार ढल्ने सम्भावना टरेको हो। कर्णाली प्रदेशमा एमलेकै नेपाल समूहका सांसदले फ्लोर क्रस गरेर भोट हालेर सरकार जोगिए पनि लुम्बिनी प्रदेशमा भने ठेस लाग्ने परिस्थिति सिर्जना भएको छ।