तनहुँको साविक घाँसीकुवा गाविसका तत्कालीन सचिव रामराज न्यौपानेसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको पुष्टि भएकाले काठमाडौं विशेष अदालत आरोप पत्र दायर गरेको जनाएको छ ।
अख्तियारले न्यौपानेसहित तत्कालीन जिल्ला प्राविधिक कार्यालय तनहुँका इन्जिनियरद्वय शुकदेव अधिकारी र तीर्थराज ढुंगाना, तत्कालीन जिल्ला विकास समिति तनहुँका योजना अधिकृत गणेश घिमिरे, तत्कालीन अधिकृत ऋषिभक्त वाग्ले र साविक घाँसीकुवा गाविसका रजिष्ट्रार लेखापरीक्षक नरहरि पण्डित र श्री...