अमेरिकामा हिम आँधीको वितण्डा

शीतकालीन आँधीका कारण लाखौँ अमेरिकी प्रभावित भएका छन् । शुक्रबार १५ लाखभन्दा बढी मानिस विद्युतविहीन हुनुका साथै हजारौँ उडान रद्द भएका छन् । साउथ डकोटामा हिउँमा परेका केही अमेरिकीहरूले इन्धन सकिएपछि न्यानोको लागि लुगाहरू जलाएका विवरण सार्वजनिक भएका छन् । क्यानडामा, ओन्टारियो र क्युबेक आँधीको चपेटामा परेका थिए । ती क्षेत्रमा बिजुली कटौती हुँदा सयौँ हजार मानिस प्रभावित भएका थिए । वायुमण्डलीय चाप घट्दा उत्पन्न बम चक्रवातले अमेरिका–क्यानडा सीमाका ग्रेट लेकहरूमा हिमपात जस्तो अवस्था ल्या